साझा पार्टीलाई दोस्रो चरणको निर्वाचनमा ठूलो झड्का, ७ हजार मत गनिसक्दा इटहरीमा जम्मा ३० मत प्राप्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
इटहरी । पहिलो चरणको निर्वाचनका क्रममा काठमाडौं र ललितपुरमा सम्मानजनक मत ल्याएको साझा पार्टीले दोस्रो चरणको निर्वाचनमा भने झड्का लागेको छ । इटहरी उपमहानगरमा ७ हजार मत गनिसक्दा पनि साझा पार्टीको जम्मा ३० मत मात्रै आएको छ । इटहरी उपमहानगरमा साझा पार्टीको तर्फवाट मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियार उम्मेदवार रहेका छन् ।
इटहरीको पछिल्लो मतपरिणाम यस्तो छ…..
इटहरी उपमहानगरपालिका कांग्रेस मेयर रोहित प्रसाई– ३७११
उपमेयर बिमला शिवाकोटी – ३७०८
एमाले मेयर द्धवारीकलाल चौधरी – ३५३७
उपमेयर लक्ष्मि गौतम – ३४२४
राप्रपा मेयर रोहित कार्की – ३६५
उपमेयर माया रायमाझी – ४२३