धरान उपमहानगरको मतगणना सोमवार रातिदेखि स्थागित

सहयात्रा टिभी

सुनसरी । सुनसरीको धरान उपमहानगरको मतगणना स्थगित भएको छ । मतगणना सोमबार रातिदेखि स्थगित भएको हो । माओवादी केन्द्र गठबन्धले निर्वाचन आयोगबाट खटिएका निर्वाचन अधिकृतले सही हिसावले मतपरिणाम सार्वजनिक नगरेको आरोप लगाउँदै विरोध गरेको हो । सो विरोधपछि सोमवार रातिदेखिनै मतगणना स्थगित भएको हो ।

माओवादी केन्द्रले धरान उपमहानगर–११ को समूह ‘घ’ मा रहेका मानबहादुर कार्की र समूह ‘ङ’ मा रहेका धनकुमार राईले गलत परिणाम दिएको आरोप लगाएको छ । अहिले दलीय समहतिको प्रयास भइरहेको छ र अव छिटै नै मतगणना हुन्छ, निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतले जानकारी दिए ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्