वीपी राजमार्ग स्थित कमलामाई नगरपालिकामा जीप दुर्घटना, ६ जना घाईते
सिन्धुली । काठमाण्डौबाट सिन्धुली तर्फ छुटेको वीपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप तीव्र गतीमा भएका कारण बोलेरोको व्रेक फेल हुँदा वीपी राजमार्ग स्थित कमलामाई नगरपालिकामा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना यात्रु घाईते भएका छन् भने घाईते मध्ये दुईको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा सिन्धुली कनपा–६ की वर्ष २५ की बिमला गुरुङ्ग, कनपा–६ कै वर्ष १९ को प्रमोद गुरुङ्ग कनपा–६ बस्ने वर्ष ४० की चण्डीका गुरुङ्ग, मरिण गाउँपालिका भदौरेका वर्ष ३४ का टिका विक, महोत्तरी छोटापिपराहि–६ का वर्ष २२ का निराजन पण्डित र धार्दिङ्ग जिल्ला लेख नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का शिब घले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जीप सडकबाट करिव ७० मिटर तल खसेको थियो ।
जीप सालको रुखमा अल्झिएका कारण अझै ठुलो मानवीय क्षति भने नभएको सिन्धुली जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।