स्थानीय तहको चुनावले गर्दा सुनको कारोबार ह्वात्तै घट्यो
सहयात्रा टिभी
काठमाडौं । स्थानीय तह चुनावले सुनको कारोबारमा ह्वात्तै घटेको छ । यस अघि दैनिक ५० किलो भन्दा वढि सुनको कारोवार हुने भएपनि स्थानीय तहको पहिलो चरणको चुनाव बैशाखमा भएकोले गर्दा २५–३० किलोको मात्र वरावरको मात्र कारोवार भएको ब्यवसायीले बताएका छन् ।
त्यस्तै, असार महिनामा पनि स्थानीय तहको दोस्रो चरणको चुनावकै कारण दैनिक ४० किलो सुनको कारोबार हुने गरेकोमा यो वर्षको असार महिनामा पनि जम्मा २०–२५ किलोमात्र कारोवार भएको सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । चुनावको समयमा मतादानको लागी सबैजना आफनो क्षेत्रमा गएको र विवाह पनि कम भएकाले सुनको कारोवारमा कमी आएको उनको भनाई थियो ।
‘