केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनकपुरमा प्रतिवन्धित लागु पदार्थ सहित ३ जना पक्राउ

सहयात्रा टिभी

जनकपुर। जनकपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बुधबार साँझ जनकपुर ढल्केवर सडक खण्डको मुजेलियामा चेकजाँचको क्रममा ज ७ प ३०८३ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका वस्ने वर्ष ३० का तिर्थबहादुर तामाङ, धनुषा रामपुर नगरपालिका १५ वस्ने वर्ष २० का सन्जित कुमार दास र वर्ष २० का जितेन्द्र ठाकुर रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट प्रतिवन्धित लागु पदार्थ कोरेक्स लेखिएको बोतल १० थान, नाईट्रोसम ८ पत्ता, १३० ट्याब्लेट र स्पास्मो २ पत्ता १६ ट्यावलेट सहित उनिहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्