केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेको ठांउमा अन्धाधुन्ध आक्रमण, ११ को मृत्यु

सहयात्रा टिभी

एजेन्सी । मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेका बेला अन्धाधुन्ध आक्रमण हुँदा ११ जनाको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले गोलावारी गरेको हो । जन्मदिनको पार्टीमा बालबालिकाहरु एकै ठाउंमा भेला भएर जन्मदिन मनाईरहेका थिए ।

मेक्सिकोमा गत मे महिनामा पनि २ हजार १ सय ८६ जनाको हत्या भएको बिबिसीले जनाएको छ । घटनास्थलबाट ३ बालबालिकाको भने उद्दार गरिएको जनाइएको छ ।

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्