असार ७ बाट सुरु गर्यो डिसहोमले अंग्रेजी सांगीतिक प्रतियोगिता

सहयात्रा टिभी

काठमाडौ । असार–०९, डिसहोमले डिजिटल प्लेटफर्ममार्फत ‘द स्ट्रिङ’ नामक राष्ट्रियस्तरको अंग्रेजी सांगीतिक प्रतियोगिता आयोजना गरेको छ  । अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता ७ असारबाट सुरु भएको छ । तीन राउन्डमा सञ्चालन हुने यस प्रतियोगिताको अडिसन प्रतियोगिता सुरु भएको मितिदेखि एक महिनासम्म हुने डिशहोमले जनाएको छ । सफ्ट अंग्रेजी गीत गाउन सक्ने जोकोहीले प्रतियोगितामा भाग लिन सक्ने बताइएको छ । प्रतियोगिताको मापदण्डअनुसार ७०, ८० र ९० दशकका सफ्ट अंग्रेजी गीतहरू मात्रै प्रतियोगितामा समावेश गराइने भनिएकोछ ।

सहभागिताको छनोट डिजिटल्ली र जजद्वारा गरिने कम्पनीले जनाएको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यस कार्यक्रमको सञ्चालन तथा विजेताको घोषणा इन्टरनेट, फेसबुक तथा एसएमएस भोटिङमार्फत गरिने कम्पनीको भनाइ छ । प्रतियोगितामा सहभागी भई विजेता हुनेमध्येबाट प्रथम विजेतालाई १ लाख रुपैयाँ, स्मार्ट टिभी, सौराहा, चितवनमा रहेको होटेल रेनफरेस्टमा दुई रात र तीन दिनको प्याकेज पुरस्कार ,दोस्रोलाई ५० हजार रुपैयाँ र सौराहा, चितवनको होटेल पार्कल्यान्डमा दुई रात र तीन दिनको प्याकेज तथा तेस्रोलाई २५ हजार रुपैयाँ र धुलिखेलको जंगल रिसोर्टमा प्याकेजको व्यवस्था गरिएको डिसहोमले जनाएको छ । त्यसका साथै विजेताहरूलाई १ वर्षको रिचार्जसहितको डिसहोम जडान गरिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : 23 June, 2020

प्रतिक्रिया दिनुहोस्