गायक रुपक डोटेलको लिरिकल भिडियो ‘लगी दे चरी’ बजारमा

काठमाडौं । असार–१२, गायक रुपक डोटेलले आफ्नो नयाँ लिरिकल भिडियो ‘लगी दे चरी’ सार्वजनिक गरेका छन् । जीवन सहज बनाउन विदेशिएकाहरुको व्यथा समेटिएको यो गीतलाई गायक डोटेलले आफ्नै आधिकारिक यु ट्युब च्यानलबाट सार्वजनिक गरेको बताइएको छ ।गायक डोटेलको आवाजमा समेटिएको उक्त गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।
युवा पुस्ताका चिर्चित गायक डोटेलको यसअघि पनि विभिन्न म्युजिक भिडियोमा बजारमा आइसकेको छ । पत्रकार गिरिजा अधिकारीको शब्द तथा संगीतकार बसन्त सापकोटाको संगीतमा कम्मर मर्काई मर्काई बोलको म्युजिक भिडियो, बनकी चरी के भन्छे के, सानु माया लगायतका अन्य म्युजिक भिडियो पनि बजारमा आइसकेको छ । कोरोना संक्रमणका कारण अहिलेको परिस्थिति जटिल रहेकाले सो गितको म्युजिक भिडियो बनाउन समस्या परेको उनको भनाई छ । अवस्था सहज भएपछि यसको म्युजिक भिडियो पनि सार्वजनिक गर्ने गायक डोटेल बताउँछन् ।