विश्वमा कोरोना : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार –१४,विश्वमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको जनाइएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ को मृत्यु भएको छ । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख ६२६ को मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने कोरोना लाई जितेर घर फर्किसकेका छन् ।अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

कुन देशको अवस्था कस्तो ?
अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने २५ लाख ९६ हजार ५३७ पुगेको छ ।संक्रमितमध्ये १० लाख ८० हजार १३६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १३ लाख ८८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ८१६ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिल

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख १५ हजार ९४१ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुेको संख्या ५७ हजार १०३ पुगेको छ ।संक्रमितमध्ये ७ लाख १५ हजार ९०५ पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ५ लाख ४२ हजार बढीको कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ३१८ को अवस्था गम्भीर रहेको छ ।

रूस

रूस पनि कोरोनाभाइरसको नयाँ हटस्पट रूस बनेको छ । अहिलेसम्म त्यहाँ ६ लाख २७ हजार ६४६ मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ८ हजार ९६९ पुगेको छ ।संक्रमितमध्ये ३ लाख ९३ हजार बढी पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख २५ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २३ सयको अवस्था गम्भीर रहेको छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ ।अहिलेसम्म भारतमा ५ लाख २९ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण १६ हजार १०३ जनाको ज्यान गएको छ । संक्रमितमध्ये ३ लाख १० हजार बढी पूर्ण रूपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको छ ।

बेलायत

अमेरिका र ब्राजिलपछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ हजार ५१४ पुगेको छ । संक्रमितको संख्या भने ३ लाख १० हजार नाघेको छ ।

स्पेन

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार ५६४ पुगेको छ । स्पेनमा कोरोनाका कारण २८ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये २ लाख बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ४० हजारमा कोरोना सक्रिय रहेको छ ।

इटाली

कारोनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७१६ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ४० हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।कुल संक्रमितमध्ये १ लाख ८८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा १६ हजारमा कोरोना रहेको छ भने २९३ को अवस्था गम्भीर रहेको छ ।

चीन

कोरोनाको उद्गम स्थल चीनमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ८३ हजार ४८३ पुगेको छ । चीनमा अहिलेसम्म ६ हजार ६३४ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ४४ जना भने पूर्णरूपमा निको भइसकेका छन् ।कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको चीनमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् ।

नेपाल

नेपालमा पनि अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । संक्रमितमध्ये २ हजार ८३४ जना निको भएका छन् भने हाल सम्म २८ जनाको ज्यान गएको बताइएको छ ।

प्रकाशित : 28 June, 2020

प्रतिक्रिया दिनुहोस्