चौबिस घण्टामा थप १८६ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या १८ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०५, पछिल्लो २४ घन्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार दुई सय १६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसमेत हालसम्म संक्रमित हुनेको संख्या १७ हजार आठ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा ,
सुनसरीका ६,
झापाका १,
इलामका १,
मोरङका १,
झापाका २,
सिरहाका १,
सप्तरीका ९,
धुनषाका २,
पर्साका ४,
बाराका ४६,
काठमाडौँका २,
सर्लाहीका २३,
सोलुखुम्बुका ४,
ललितपुरका १,
कास्कीका ८,
लमजुङका १ ,
तनहुँका २,
स्याङ्जाका १,
बाँकेका २,
रोल्पाका ४,
सल्यानका ३,
रुकुम पूर्वका ७,
दाङका ६,
दैलेखका २,
सुर्खेतका ४,
हुम्लाका १,
कालिकोटका १,
डोटीका ४० ,
कैलालीका १ जना रहेको मन्त्रालयले जनाएको छ ।

हाल संक्रमित भई आइसोलेसनमा रहनेको संख्या पाँच हजार नौ सय ३६ र क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार दुई सय २८ रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले कोरोना संक्रमितशून्य जिल्ला सात पुगेको जनाएको छ । भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला संक्रमणशून्य भएको गौतमले जानकारी दिए ।विगत २४ घन्टामा एक सय ७३ जना निकोे भएर डिस्चार्ज भएको बताए । हालसम्म निको हुनेको संख्या ११ हजार आठ सय ६८ पुगेको छ ।गौतमका अनुसार नेपालमा निको हुने प्रतिशत ६६ दशमलव ५१ प्रतिशत रहेको छ। भने कोरोनाबाट मृत्यु हुनेको संख्या ४० रहेको छ ।

प्रकाशित : 20 July, 2020

प्रतिक्रिया दिनुहोस्