राष्ट्रिय मानवअधिकार आयोगले भन्यो, “चेपाङ समुदायमाथिका घटना निष्पक्ष छानबिन गर”
सहयात्रा टिभी
काठमाडौं । श्रावण–१०, चितवनमा चेपाङ समुदायका परिवार र व्यक्तिमाथि भएका दुई फरक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगजनी गरी घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिहरूको उचित बासको व्यवस्था गर्न तथा मृतक राजकुमार चेपाङको परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको हो ।
आयोगले विज्ञप्तिमा भनेको छ यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासको हकलगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ,’ । उक्त घटनाको सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ ।