कोरोना सङ्क्रमण तेस्रो चरणमा गएको संकेत, वडा नं ३२ र वडा नं ३ सङ्क्रमणको हटस्पटको रुपमा पहिचान
काठमाडौं । भाद्र –१०,काठमाडौं उपत्यकामा मंगलबारसम्ममा कोभिड–१९ का कुल सङ्क्रमित तीन हजार ७०२ पुगेको छ । जसमध्ये काठमाडौंमा दुई हजार ९५५, ललितपुरमा ४६३ र भक्तपुरका तीन सय जना छन् । पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या तीन गुणाले वृद्धि भएको जनाइएको छ । जसमध्ये अधिकांशमा सङ्क्रमण सक्रिय अवस्थामानै रहेकोछ ।
कोरोना सङ्क्रमण तेस्रो चरणमा गएको संकेत देखिन थालेकोले ‘कन्ट्याक्ट ट्रेसिङ’लाई प्रभाबकारी नबनाइए अवस्था भयावह हुने जनस्वास्थ्यविद्हरु बताउँछन् । सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले सूक्ष्म व्यवस्थापन गरेर ‘कन्ट्याक्ट टे«सिङ’ गर्न लागिएको बताउँछन् ।उपत्यकामा दैनिक दुई सयभन्दा बढी सङ्क्रमित थपिदैछन् । एकजना सङ्क्रमितले नेपालमै १२० जनासम्मलाई सङ्क्रमण सारेको उदाहरण रहेको विज्ञहरु बताउँछन् ।भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एक सङ्क्रमितले औसतमा १२ जनालाई सङ्क्रमित बनाएका छन् ।यसरी दुई सय सङ्क्रमित थपिदा कम्तिमा दैनिक छ सय जना क्वारेन्टिनमा बसेर स्वाब परीक्षण गराउनुपर्ने आवश्यक देखिन्छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सङ्क्रमितको सम्पर्कमा आउने सम्भावित व्यक्ति क्वारेन्टिनमा बस्ने कता हो कता लुकेर बस्दा काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण भुसको आगो सरह फैल्ने जोखिम बढेको बताउँछन् ।जनस्वास्थ्यविद् डा. शरद् वन्त भन्छन्, “लकडाउन कोभिड–१९ विरुद्ध लड्ने मौका थियो, धेरै तयारी गर्नुपर्ने थियो, तयारी गर्न नसक्नुको असर बिस्तारै देखिदैछ ।” लकडाउन खुल्नुअघि विदेशबाट आएर क्वारेन्टिन र आइसोलेशमा बस्ने अधिकांशमा सङ्क्रमण पाइएको थियो । तर अहिले अवस्था फेरिएको छ ।“तेस्रो चरणको संकेत देखिन थालेको छ ।” जनस्वास्थ्यविद् डा. वन्त थप्छन्, “स्रोत समुदाय हुन गएकोले रणनीति त्यसै बमोजिम बनाइनुपर्छ र प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” समुदायमा सङ्क्रमण गएको लक्षण देखिएकोले कन्ट्याक्ट टे«सिङ युद्धस्तरमा गर्नुपर्ने उनको सुझाब छ ।सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा नौ हजार जना सङ्क्रमितको सम्पर्कमा आएकको टे«सिङ भएको जानकारी दिए । जसको एक तिहाइ मात्रै पहिचान भएको र थोरै मात्रै क्वारेन्टिनमा बसेको महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् ।काठमाडौं उपत्यकाको तीन जिल्लामा १८ वटा स्थानीय तह छन् । मन्त्रालयको निर्देशिका बमोजिम महानगरले पाँच र उपमहानगरले तीन र नगरले दुई वटा टोलि कन्टयाक्ट ट्रेसिङको लागि खटाएको छ । डा.वन्तको तर्क छ ५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एक सय जनाको टोलि खटाएर सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गरी कोभिड–१९ नियन्त्रणमा लिन सकिदैन । काठमाडौं महानगरपालिकाले कन्टयाक्ट ट्रेसिङमा दश जनाको एउटा समूह बनाएको छ । त्यस्ता पाँच वटा समूह गठन गरिएको छ । काठमाडौंमा ३२ र ललितपुर महानगरमा २९ वडा छन् । महानगरका प्रवक्ता डंगोलले एकैपटक सबै वडामा नभई दिन बिराएर सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति खोज्न समूह परिचालन गरिएको बताउँछन्। मंगलबार काठमाडौंको वडा नं १५ र २६ मा कन्टयाक्ट ट्रेसिङ समूह परिचालन गरिएको थियो । काठमाडौं महानगरमा सबैभन्दा बढी वडा नं ३२ कोटेश्वर र वडा नं ३ महाराजगञ्ज सङ्क्रमणको हटस्पटको रुपमा पहिचान गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार साउन २६ गते काठमाडौं उपत्यकामा कुल एक हजार १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर १५्र दिनमा उक्त संख्या तीन हजार ७०३ पुगेको छ । असार १२ गते काठमाडौं उपत्यकामा कुल सङ्क्रमित ८७ जना थिए ।सरकारी कार्यालय खुल्न साथ काठमाडौं आउनेको चाप बढ्यो । “चहलपहल बढेपछि सङ्क्रमण बढ्दै गयो, साउन ६ गते लकडाउन खोलियो, अझै निर्वाद रुपले बजार पनि सञ्चालनमा आयो, परिणाम देखिदैछ ”डा. वन्त भन्छन् । बैशाख र जेठ महिनामा बाहिरबाट आउनेले मात्रै सङ्क्रमण लिएर आएको अवस्थामा क्वारेन्टिन र आइसोलेशनमा बस्नैपर्ने व्यवस्थाले सङ्क्रमण नियन्त्रित देखिएको थियो । “तर वैकल्पिक ब्यवस्था नहुँदै पठनपाठनका लागि क्वारेन्टिन रहेको विद्यालय खाली गर्नुपर्ने निर्णय र त्यसको कार्यान्वयनले स्थानीय तहलाई समेत आलटाल गर्न लगायो र कोरोना सङ्क्रमित समाजमा घुलमिल हुन पुग्यो ।” लकडाउन खुकुलो भएपछि काठमाडौंमा सङ्क्रमणको ग्राफ बढेको मन्त्रालयकै दैनिक अद्यावधिक विवरणले प्रष्ट बताउँछ ।विगतको कमजोरीलाई सुधार्न उपत्यकाभित्रका स्थानीय तहलाई व्यवस्थापकीय प्रशिक्षण, प्राबिधिक सहयोग, दक्ष जनशक्ति र आर्थिक सहयोग गरेर अगाडि बढ्नुपर्ने डा. वन्त बताउँछन्। अन्य भेगको हकमा दक्ष जनशक्ति र स्रोत साधनको लागि प्रदेश र स्थानीय तहले समन्वय गर्नुपर्ने उनको सुझाब छ ।महाशाखा प्रमुख डा.पाण्डेले स्थानीय तह लाई थप जिम्मेवार बनाउन ‘डेडिकेटेड’ बजेट उपलब्ध गराएर ‘टे«सिङ’को काम प्रभाबकारी बनाउन लागेको बताए। काठमाडौं उपत्यकाका तह निकायसँगै ७५३ वटै स्थानीय तहलाई उक्त बजेट गएको उनले जानकारी दिएकाछन् ।तर अधिकारीहरु भने नागरिक आफैं सचेत नभएसम्म अहिलेको सङ्क्रमणलाई नियन्त्रणमा लिन कठीन हुने बताउँछन् । महानगरका प्रवक्ता डंगोलले महानगरले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्दागर्दै नागरिकले आफू सङ्क्रमितको सम्पर्कमा आएको खुलेर जानकारी नगराउँदा अवस्था बिग्रिदै गएको गुनासो गर्छन् ।मन्त्रालयले प्रत्येक निजी अस्पताललाई कोभिड–१९ का बिरामीका लागि बीस प्रतिशत शैयाको व्यवस्था गर्न सार्वजनिक अपील नै गरेको छ । उस विषयमा निजी स्वास्थ्य संस्था भने तयार देखिदैन । “कोभिड सङ्क्रमितका लागि डेडिकेटेड अस्पताल छुट्याएर जाऔं, नभए स्वास्थ्यकर्मी पनि अहिलेकै जसरी सङ्क्रमित हुन थाले उपचार गर्ने जनशक्ति पाउन मुश्किल हुन्छ”– डा. वन्त भन्छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य देश जसरी नागरिक तथा स्वयंसेवी संस्था परिचालन गरिएको छैन् । सङ्क्रमित निको हुने दर घट्दो छ । सङ्क्रमण दर बढेको छ । पीसीआर परीक्षण पनि सङ्क्रमण दरको आधारमा नभएको गुनासो सुनिएको छ । डा. वन्तले परीक्षणका लागि परीक्षण गर्ने नभई आवश्यकताको आधारमा परीक्षण हुनुपर्ने तर्क बताउँछन् ।