प्लाज्मा थेरापीबाट उपचार गरिएकी महिलाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भाद्र –११, बुटवलमा प्लाज्मा थेरापीको माध्यमबाट उपचार सुरु गरिएको कोरोना संक्रमित एक महिलाको विहीवार विहान उपचारकै क्रममा मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी ७० बर्षिया महिलाको बुटवलस्थित कोरोना बिशेष आईसोलेसन अस्पतालमा विहिवार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिला थाईराइड र उच्च रक्तचापको समेत बिरामी रहेको र उनको बिहिबार बिहान साढे १० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिएकाछन् ।उनलाई यही सोमावार पहिलो पटक प्लाज्मा दिएर उपचार भैरहेको थियो ।बुधबारसम्म उनको स्वास्थ्यमा सुधार देखिएपनि रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भईरहेको प्रवक्ता डा. गौतमले बताए।साउन २६ मा कोरोना संक्रमण पुष्टि भएको ती महिलाको साउन ३१ गते अस्पतालमा भर्ना गरि उपचार थालिएको बताइएको छ ।

प्रकाशित : 27 August, 2020

प्रतिक्रिया दिनुहोस्