पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिए

काठमाडौं । आश्विन– ०१, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यकामा ६७६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् ।
उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ। काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय ४७ र भक्तपुरमा १ हजार १ सय ८६ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ।