अनौठो नदि जुन पानिको नभई ढुंगाले बनेको छ

एजेन्सी । असोज–०२, साधरण तया नदि भन्ने बित्तिकै पानीको हुन्छ भन्ने तपाई हामीलाई थाहा भएको कुरा हो । नदि भनेको पानीको नै हुन्छ । तर दुनियामा यस्तो स्थान छ जहाँ पानिको नभई ढुंगाले बनेको नदि छ । नदि जस्तै लामो स्थानमा फैलीएको उक्त पुरै पत्थरले बनेको छ । वैज्ञानिकहरूले १० हजार वर्ष पहिले हिमनदी विस्फोट भएर बगेको पानीले ढुंगाहरू त्यसरी थुपारेको हुनसक्ने विश्वास गरेपनि यो अहिलेसम्म पनि रहस्यको विषय बनिरहेको छ ।
टाढाबाट हेर्दा बगेको नदीको जस्तै देखिने त्यहाँ पानी कत्ति पनि छैन । रसियामा यस्तो एक नदि छ । प्रकृतिक रुपमै एकदमै अनौठो र रोमाञ्चकारी नदीलाई स्टोन रिभरको नामले चिनिन्छ । सो स्थानमा विशाल नदी सुकेर ढुगामात्र बाँकी रहेको जस्तो देखिन्छ । त्यस क्षेत्रमा ६ किलोमिटरसम्म ढुंगै ढुंगा थुप्रिएका छ । ढुंगेनदी २० मिटरदेखि ७ सय मिटरसम्म चौडा रहेको छ । ढुंगाको आकार स–सानादेखि १० टनसम्मका रहेका छन् । टाढाबाट हेर्दा साधरण तया नदि जस्तो देखिने स्टोन रिभर ठुला ठुला पत्थरहरु बाट बनेका छन् ।