म माया लाउदिन

सहयात्रा टिभी

काठमाडौं । असोज–०५, पत्रकार जनक रावलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । रावलको शब्द, किरण माइकल घिमिरेको संगीत र गायक प्रताप दासको स्वर रहेको म माया लाउदिनको भिडियो सार्वजनिक भएको हो । बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको छ ।

भिडियोलाई मन थापाले निर्देशन गरेका हुन् । जसमा निश्चल र निकिशाको अभिनय रहेको छ । यो गीतको भिडियोमा सुरेश बज्राचार्यको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

प्रकाशित : 21 September, 2020

प्रतिक्रिया दिनुहोस्