अनौठो नदी जस्को बद्लिन्छ मौसम अनुसारका रंग

एजेन्सी । असोज–०५, पानी भन्ने बित्तिकै तपाई हामीलाई लाग्छ त्यो पिउनको लागी प्रयोग गरिन्छ, जस बिना मानिस लगाएत सजीव बस्तुको लागी जीउन असम्भव नै हुन्छ । र पानिको कुनै रंग र आकार समेत हुदैन । तर तपाईहरुलाई आज हामी सोहि पानिको बारेमा केहि बताउन गईरहेका छौं ।
जुन अनौठो रहेको छ। कुनै रंग र आकार नहुने पानी लाई जस्तो रंग र जस्तो भाडामा राख्यो त्यस्तै आकार तथा रंग पनि आउने गर्छ । भाडाको रंग र आकारमा पानिको रंग परिवर्त हुने बारेमा त थाहा पाईरहेको कुरा नै हो । तर यो दुनियामा यस्तो अनौठो ठाउ छ जहाँ पानि मौसमले आधारमा रंग परिवर्तन गरिरहन्छ ।
कोलम्बिया यस्तो एक स्थान छ जहाँ नदीले मौसम अनुसार रंग परिवर्तन गरिरहन्छ । त्यति मात्र नभई अझ अचम्म लाग्दो कुरा त के छ भने मौसम अनुसार परिवर्तन गरिएको नदि एकदमै सुन्दर तथा मनै लोभ्याउने खालको दृश्य देख्न सकिन्छ । उक्त नदिले मौसम अनुसार रातो, हरियो, पहेँलो रंगीचंगी लगाएतको रंगहरुमा परिवर्तन गर्छन् । सो नदिलाई लिक्वीड रेन्बो को नामले पनि चिनिन्छ । धेरैजसो हल्का तथाा गाढा गुलाफी हुने नदि कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।