नयाँ टेलिशृंखला गंजागोल नेपाल टेलिभिजनमार्फत नियमित प्रसारण
सहयात्रा टिभी
काठमाडौं । असोज–०७, कलाकार ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ टेलिशृंखला गंजागोल सोमबार साँझ नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको छ । ज्योतिले आफ्नै फिल्म प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ शृंखला ल्याएका हुन्।
नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ। टेलिशृंखलाका निर्मातामा प्रकाशकुमार सुवर्णकार हुन् भने दिलीप विष्ट र रामकृष्ण कँडेलले यसको छायांकन गरेका छन्। सिरियलमा शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति न्यौपाने, प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुशन राई (भाले), पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काप्mले, विपना बस्नेत, (नक्कली हिसिला), राजन भुजेल (हल्दारं), सुशान्त पाठकलगायत कलाकारले अभिनय गरेका छन्।