नाष्टले पहिलो पटक बनायो पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र
सहयात्रा टिभी
काठमाडौं । असोज–०७, मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।
कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा.शङ्कर ढकालले जिकिर गरे । उनले भने, “यसबाट हरेक पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ,। यस यन्त्रले पिपिई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटिएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पिपिई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”