लागुऔषध मुद्दामा रकुल, दीपिका, सारा र श्रद्धामाथि अनुसन्धान
एजेन्सी । असोज–०८, सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा ड्रग्स केसको अनुसन्धान गरिरहेको एनसीबीले बिस्तारै बिस्तारै बिलउडमा ड्रग कनेक्शनको पर्दाफास गर्दै गईरहेको छ । बलिउडमा लागुऔषध कनेक्सनको जाँच गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्रीहरु रकुल प्रीत सिंह, दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरलाई अनुसन्धानका लागि पत्र पठाएको छ ।
कुल प्रीत सिंह, सुशान्तकी पूर्वम्यानेजर श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटासँग आज सोधपुछ हुँदैछ। पीटीआईका अनुसार एनसीबीका वरिष्ठ अधिकारीले दीपिका पादुकोणलाई सोधपुछका लागि २५ सेप्टेम्बर (भोलि)मा उपस्थित हुन भनिएको जानकारी दिएका छन्। सारा अली खान र श्रद्धा कपूरलाई २६ सेप्टेम्बरमा बोलाइएको छ।
अभिनेत्री दीपिका पादुकोणको च्याट अहिले बाहिरिएको छ । उनले च्याटमा माल छ भनेर सोधेको प्रश्नबाट उनी ट्रोल बनिरहेकी छन् । त्यस्तै बलिण्डकी अर्कि अभिनेत्री श्रद्धा कपूरको च्याट पनि बाहिरिएको छ । श्रद्धाले जयासँग सीबीडि आयलको माग गरेकी थिइन् । त्यस्तै अर्की चर्चित अभिनेत्री रकुल प्रीत पनि ड्र्रग्स मामिलामा जोडिएकी छन् । त्यस्तै अर्की अभिनेत्री सारा अली खानको नाम पनि ड्रग्स केसमा जोडिएको छ । सारा र सुशान्त सुशान्तको फार्म हाउसमा गएर ड्रग्स लिने गरेको खुलेको छ ।