केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलमा मुम्बईसंग कोलकत्ता ४९ रनले पराजित

सहयात्रा टिभी

एजेन्सी । असोज–०८, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकत्ताले पूरा गर्न सकेन ।


उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईले १३ औं संस्करणको आईपीएलमा पहिलो जित दर्ता गरेको छ । मुम्बई पहिलो खेलमा चेन्नेईसँग पराजित भएको थियो । साथै जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई साविक विजेता टिम हो ।

प्रकाशित : 24 September, 2020

प्रतिक्रिया दिनुहोस्