काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

काठमाण्डौं । असोज–०९, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण देखिएको हो।

उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ। काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १३१३ जना कोरोना संक्रमित भेटिएको हो।

प्रकाशित : 25 September, 2020

प्रतिक्रिया दिनुहोस्