एनसीबीद्धारा दीपिका, सारा र श्रद्धाको मोबाइल फोन नियन्त्रणमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । असोज–११, बलिउड अभिनेता सुशान्तसिंह राजसतको आत्महत्या प्रकरणमा छानबीन गरिरहेको एनसीबीले बलिउडमा मौलाउँदै गरेको ड्रग्स केसलाई पनि छानबिन गरिरहेको छ । सोधपुछपश्चात शनिबार एनसीबीले बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरको मोबाइल फोन नियन्त्रणमा लिएको छ । उनीहरुका साथै एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन कब्जामा लिएको छ ।
एनसीबीले कब्जामा लिएको सबै फोनका डाटा रिकभर गरिनेछ । सोधपुछमा दीपिकाले २०१७ को अक्टोबरमा आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग च्याट गरेको स्विकारेकी छिन्, य साथै सारा र श्रद्धाले भने ड्रग्स खाने नगरेको दाबी गरेका छन् ।