उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । असोज–१४, उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ गरी उपत्यकामा ९ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै, बुधबार नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा= गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९८ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।