आजको राशिफल
काठमाडौं । असोज–१६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। अधिक खर्च हुनेछ र व्यवहार चलाउन पनि कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आवश्यकताका वस्तु जुटाउन पनि समय लाग्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आँखमा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
पार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागि हुने योग रहेकोछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिद्यामा तपार्ईँ अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नचाहादा नचाहादै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्ना घट्न सक्छ ध्यान दिनुहोला । सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ ।