अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बस्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । असोज–१६, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बस्ने भएका छन् । आफ्ना सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बस्ने भएका हुन् ।
ट्रम्पले ट्वीटमार्फत् हिक्सलाई संक्रमण भएको जानकारी गराएका थिए । उनले आफू र मेलानियाले परीक्षण गराएको र नतिजा कुरिरहेको जानकारी दिए । उनले आफूहरु क्वारेन्टाइन प्रक्रियामा रहेको समेत जानकारी दिए । हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएपछि कोरोना परीक्षणको लागि स्वाब दिएर रिपोर्ट कुरिरहेको उनले जानकारी दिएका हुन् ।