डिशहोमले ल्यायो नेपालमै पहिलोपटक बलिउड चलचित्र टिभीमा हेर्ने सुविधा

सहयात्रा टिभी

काठमाडौं । असोज–१६, नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न सकिने भएको छ । डिशहोमले ‘सिनेमाघर इन्टरनेसनल’ नामक नयाँ च्यानलनमार्फत यस्तो सेवा दिने भएको हो । असोज १६ गते रिलिज हुने चलचित्र “खाली पीली” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । उक्त च्यानल डिसहोमको च्यानल नम्बर ९९९ मा आउनेछ ।


डिशहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर यस्तो खालको सेवा सुरु गरेको हो । जसमा अन्तर्राष्ट्रिय चलचित्र रिलिज गरिनेछ । विश्वका विभिन्न देशमा सफल भएको पे पर भ्यु अवधारणामा डिशहोमले लामो समयदेखि सेवा उपलब्ध गराउँदै आएको छ । यसअघिसम्म नेपाली चलचित्रका लागि मात्र रहेको यस्तो सेवा अब हिन्दी फिल्मका लागि पनि उपलब्ध भएको छ । डिशहोमले पे पर भ्यू सेवा मार्फत न्युनतम मुल्यमा परिवार संग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं। १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ संचालन गरिरहेको छ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं। ९९९ मा चलचित्र “खाली पीली” हेर्न, आई।भि।आर नं। ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं। ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं। १६ ६० ०१ २२००० मा फोन गरेर अथवा ःइम्ढढढ आफ्नो ऋब्क् क्ष्म् अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

प्रकाशित : 2 October, 2020

प्रतिक्रिया दिनुहोस्