म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–१९, म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक भएको छ । गायक रिजन गिरीले यो गीत दशैँको अवसर पारेर सार्वजनिक गरेका हुन् । गीतमा उनलाई आमा गंगा गिरीले स्वरमा साथ दिएकी छिन् ।
भिडियोमा करिब दशक अगाडि इराकमा १२ नेपालीको विभत्स हत्या गरिएको सत्यघटना विषयवस्तु बनाइएको छ । भिडियोमा लक्ष्मीको गिरी अलवा कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरी लगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ । रिजन र गंगाकै शब्द तथा संगीत रहेको गीतको भिडियो अनिल न्यौपानेले निर्देशन गरेका हुन् । भिडियो सृजन प्रजापतिको छायांकन, निश्चलजंग कार्कीको सम्पादन रहेको छ ।