आमा बोलको गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, गायिका अन्जु पन्तको स्वर रहेको आमा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको छ । गीतलाई नरेश प्रधानले लेखेका हुन् । गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ। गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ गरेका हुन।अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । बुनु श्रेष्ठले गीतलाई कोडिनेटर गरेकी हुन् ।

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्