शिक्षा मन्त्रीमा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । असोज –२५,शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।

 

लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र उनी ज्वरोमुक्त भएको स्रोतको भनाई छ ।यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई समेत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : 11 October, 2020

प्रतिक्रिया दिनुहोस्