तिम्रो प्यारमा छु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाण्डौं । असोज–२७, गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा अनु शाहको शब्द रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्दले गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् । भिडियोलाई बुद्द थापाले छायांकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।