राजपाको माग ३ दिन भित्र पूरा गरिने सरकारको प्रतिवद्धता

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुको बैठकले सरकारले मुद्दा फिर्ता लिने र राजपाका माग ३ दिन भित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा नेताहरुको बैठक बुधबार विहान बालुवाटारमा बसेको थियो । सो बैठकमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरेका थिए। संविधान संशोधन र तेस्रो चरणको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्