कोरोनाका बिरामीले धरौटी नबुझाए सम्म धुलिखेल अस्पतालमा भर्ना नपाइने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–०५,काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमितले धरौटी रकम नबुझाए भर्ना नपाइने भएको छ।

कात्तिक २ गतेको निर्णयअनुसार अस्पतालले सूचना निकालेर शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने व्यवस्था गरेको बताइएको छ। सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी राख्नुपर्ने छ।अस्पतालले औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा अक्सिजन तथा भेन्टिलेटर चलाएमा थप शुल्क लाग्ने बताएको छ। धरौटी रकमबाट यो शुल्कहरु काटिने अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश मकाजुले बताए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि सरकारले तोकको लक्षित समूह बाहेकका सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो। यो निर्णय धेरै अस्पताहरुले कार्यान्वयनमा ल्याइसकेका छन्।आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले निःशुल्क परीक्षण र उपचार गर्ने मन्त्रालयले जनाएको छ। जसमा कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट काटिने पनि बताइएको छ।

प्रकाशित : 21 October, 2020

प्रतिक्रिया दिनुहोस्