लसुन स्वास्थ्यको लागी फाइदाजनक
सहयात्रा टिभी
काठमाडौं । कार्तिक–२३,लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खास गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ।
यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट ,मुत्रासय ,ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाईएलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको क्यान्सरहुन नदीन प्रभाबकारी भूमीका निभाएको पाइएको छ भने यो तत्वले ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।