युरोपियन च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले हरायो

काठमाडौं । मंसिर–१८, युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन पीएसजीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले हराएको छ ।
पीएसजीको जितमा नेइमारले २ र एक गोल माक्र्युनोसले गरे । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले फर्काए । युनाइटेडका फ्रेडले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।
युनाइटेडलाई हराएको पीएसजीलाई नकआउट चरण पुग्न सहज भएको छ । पीएसजीले युनाइटेडलाई हराएपछि समूह एचमा पीएसजी, युनाइटेड र आरबी लेइपजिंगको ९र९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक छ ।
समूह एचको अर्को खेलमा आरबी लाइपजिंगले इस्तानबुललाई ४–३ गोलले हरायो ।