१५ लाख ६२ हजारको मृत्यु, ४ करोड ७४ लाख संक्रमणमुक्त

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२४, हालसम्म विश्वभरमा ४ करोड ७४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी संक्रमणमुक्त भएका छन् । बुधबार बिहानसम्मको तथ्यांक हेर्ने हो भने चार करोड ७४ लाख ४३ हजार चार सय ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाईएको छ ।

 

 

 

त्यस्तै, ६ करोड ८५ लाख ४१ हजार आठ सय ५३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ६२ हजार १४ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

यता, भारतमा हालसम्म ९७ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९२ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने एक लाख ४१ हजार तीन सय ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, नेपालमा पनि हालसम्म दुई लाख ४३ हजार तीन सय ७७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २९ हजार ५४ जना निको भएका छन् भने, एक हजार ६ सय ३७ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित : 9 December, 2020

प्रतिक्रिया दिनुहोस्