आज कति छ सुनचाँदीको मूल्य

सहयात्रा टिभी

काठमाडौं । पुस ९, नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित : 24 December, 2020

प्रतिक्रिया दिनुहोस्