बुधबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । पुस १५, तीन वाणिज्य बैकं सहित ८ कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । नेपाल बैंक, एनएमबि बैंक, सेञ्चुरी कर्मशियल बैंक, बरुण हाइड्रोपावर, साना किसान लघुवित्त, साधना लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको लाभांश बुधबारसम्म सुरक्षित गर्नुपर्ने भएको हो । पुस १६ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनिहरुले लाभांश र आगामी साधारण सभाका पुस १५ गतेसम्मका शेयरधनीहरुलाई मात्र लाभांशका लागी योग्य बनाइने भएको हो ।

यस वर्ष नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश, एनएमबि बैंकले १३ प्रतिशत बोनस र ३ दशमलव २० प्रतिशत नगद लाभांश, सेञ्चुरी कर्मशियल बैंकले ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश , कामना सेवा विकास बैंकले ४ दशमलव ४० प्रतिशत बोनस शेयर र शून्य दशमलव २३ प्रतिशत नगद लाभांश रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत बोनस शेयर, साधना लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस शेयर र शून्य दशमलव १४ प्रतिशत नगद लाभांश, साना किसान लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश र बरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश पारितका लागी बरुण हाइड्रोपावर कम्पनीले पुस २६ र साना किसान लघुवित्तले पुस २८ गते साधारण सभा बोलाएको छ । बाँकि ६ कम्पनीको साधारण सभा भने पुस २९ मा बोलाएको छ ।

प्रकाशित : 30 December, 2020

प्रतिक्रिया दिनुहोस्