व्यवस्थापिका–संसद्को बैठकद्धारा संसदमा दुई वटा विधेयक पेश
सहयात्रा टिभी
काठमाडौं । व्यवस्थापिका–संसद्को बिहीबारको दोस्रो बैठकवाट दुई विधेयक पेश भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ संसदमा पेश भएका हुन् । संसदमा गृहमन्त्री जनार्दन शर्माले यी दुई वटा विधेयक संसदमा पेश गर्नुभएको हो ।
त्यस्तै, ‘अन्तरसरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ लाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बिहिवारको व्यवस्थापिका–संसद्को बैठकले स्वीकृत गरेको छ ।