उपत्यकाको वायु प्रदूषणा वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । पुस २१, पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषणमा दोब्बर भन्दा धेरैले वृद्धि भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा धेरै बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको वायु धेरै खराब रहेकोले घर बाहिर हिडडुल गर्नेले पनि अहिलेको वायु प्रदूषणको अवस्था थाहा पाउन सक्ने बताउँदै जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव समेत दिएका छन् । घरबाहिर हिड्दा आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्