केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो हो छेपारोले जस्तै रङ फेर्ने ५५ करोडको बिरालो

सहयात्रा टिभी

चरित्र बदलिरहने मानिसलाई छेपारोको संज्ञा दिइन्छ । किनकि छेपारो मात्र यस्तो जीव हो जसले बाह्य वातावरणसँग मिल्ने गरी शरीरको रङ बदल्न सक्दछ ।

के बिरालोले पनि छेपारोले जस्तो रङ बदल्न सक्छ ? सक्ने कुरै भएन । तर छिमेकी मुलुक भारतको गुजराँतमा रहेको एउटा बिरालोले चाहिँ छेपारोले जस्तै आफ्नो शरीरको रङ बदल्न सक्छ ।गुजरातको अंकलेश्वरस्थित किशोर गायकवाड नामका व्यक्तिले घरमा पालेको बिरालो शरीरको रङ फेर्नमा माहिर छ ।

किशोरले सन् २०१३ मा मुम्बइस्थित एक मन्दिर बाहिर केटाकेटीहरुले कुटिरहेको अवस्थामा फेला पारेर उक्त बिरालोलाई आफ्नो घरमा ल्याएका थिए ।घर ल्याएपछि मात्र उनले उक्त बिरालो अन्य आम बिरालोहरु भन्दा फरक रहेको थाहा पाए । सो बिरालोले समय समयमा आफ्नो जीउको रङ बदल्न सक्छ ।

किशोरका अनुसार उसको शरीरका भुत्लाहरुमा समय समयमा विभिन्न धार्मिक चिह्नसमेत देखा पर्दछन् ।उनका अनुसार यो बिरालो किन्नका लागि धेरै मानिसहरुले इच्छा जाहेर गरेका छन् । यो बिरालोका लागि ५५ करोड भारुसम्म तिर्न केही मानिस तयार भएको किशोरको दाबी छ ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्