३.५४ अंकले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । पुस २१, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा थामिएको छ भने ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ वटा समूह घटेका छन् भने अन्य ३ वटा समूह बढेका छन् ।

आज बैंकिङ समूह ०.५६ प्रतिशतले गिरावट आएको छ भने ट्रेडिङ ५.८२, होटल १.०९, फाइनान्स ०.२२, मेनुफ्याक्चरिङ ०.३, माइक्रोफाइनान्स ०.१८, लाईफ इन्स्योरेन्स ०.३३ र म्यूचुअल फण्ड ०.२८ प्रतिशतले घटेका छन् ।

त्यस्तै, आज डेभलपमेन्ट बैंक समूह ०.१३ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.१२ प्रतिशत र नन लाईफ इनस्योरेन्स ०.५९ प्रतिशतले बढेको छ ।

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्