“बेग हानी गाको” इन्दिरा जोशीको गीतमा अन्तर्जातीय प्रेम कथा
चर्चित गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन्। “बेग हानी गाको” गीत श्रीकृष्ण बम मल्लले लेखेका हुन्। यसको संगीतमा प्रतिष्ठित कुटुम्ब ब्यान्डले साथ दिएको छ । गीतको संगीत संयोजन योगेश काजीको छ।
अलेन श्रेष्ठको निर्देशन रहेको “बेग हानी गाको” मा माला र कुमार पात्रको अन्तर्जातीय प्रेम कथा देखाइएको छ।
भिडियोमा कर्मा, कविता आले, विनोद भट्टराई र मिश्री थापाले अभिनय गरेका छन् भने गायिका इन्दिरा पनि मुख्य भूमिकामा देखिएकी छिन्। भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। यसमा रबिन श्रेष्ठले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
नेपाली समाजमा उपल्लो जात र तल्लो जात भनेर वर्ग छुट्याइएको छ। यति मात्र होइन, पानी नचल्ने जात भन्दै यहाँ मान्छेले मान्छेलाई शोषण गरिरहेका छन्। भिडियोको कथामा यो देखाइएको छ।अन्तर्जातीय प्रेम कथा देखाउँदै भिडियो गाउँको परिवेशमा तयार भएको छ । “बेग हानी गाको” आइतबार गायिका इन्दिरा जोशीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।