केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाइ कारवाही

सहयात्रा टिभी

बैशाख १५, २०७४ । महानगरीय ट्राफिक महाशाखाले जेठको पहिलो हप्ताबाट नयाँ ट्राफिक नियम ल्याउने तयारी गरेको छ । उपत्यकामा सवारी दुर्घटनमा धेरैजसो पैदल यात्रुको निधन हुन थालेपछि महाशाखाले पैदलयात्रुलाइ नै लक्षित गरी नियम ल्याउन लागेको हो । महाशाखाले जथाभावी बाटो काट्नेलाइ जेठको पहिलो हप्ताबाट रु २०० जरिवाना गर्ने जनाएको छ । जरिवाना तिर्न पैसा नभए केही समय प्रहरीको नियन्त्रणमा राख्ने प्रमुख प्रहरी नायब महानिरीक्षक मिङमार लामाले बताउनुभयो । लामाका अनुसार राजधानीमा सवारी दुर्घटनामा परी ४० प्रतिशत पैदलयात्रुको ज्यान गएको तथ्याङ्क छ । यो नियमले फुटपाथबाट हिँडाउने वा आकाशे पुलबाट बाटो काट्न सचेत गराउने छ ।

प्रकाशित : 28 April, 2017

प्रतिक्रिया दिनुहोस्