सर्वसाधारणका लागि आजबाट चन्द्रागिरी हिल्सको आईपीओ खुल्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २४, चन्द्रागिरी हिल्सको आईपीओ आजबाट खुला भएको छ । दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयरको बिक्री आजबाट खुला भएको हो ।

पहिलो चरण अन्तर्गत चन्द्रागिरीले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको २ प्रतिशत सेयर बिक्री गरिसकेको छ । यो र्आपीओको आवेदन मंगलबार पुस २८ गते बन्द हुनेछ ।

यो आईपीओका लागि आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने छन् ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्