सुधिर र समिक्षाको ‘माया तिरिरी’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । माघ ०२, गीतकार ध्रुव प्रसाद अम्गाइको नयाँ गीत ‘माया तिरिरी’ सार्वजनिक भएको छ । राधा र कृष्णको प्रेमलाई कहानीमा समेट्दै यो गीत तयार पारिएको छ । यो गीतमा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत रहेको छ ।

यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलले अभिनय गरेका छन् । शिशिर श्रेष्ठको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, सुबोल थापाको कोरियोग्राफी, अमृत चापागाँइको सम्पादन रहेको छ ।

गीतकार अम्गाँइले ‘माया हे माया, काले केटा २, तिमीलाई सन्देश, नजुरेको लगन, मन खोलेर गाउँ गीत, न भुल्न सक्ने’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्