शान्तिश्री परियारको ‘न्याय मरेको देश’ आज सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ ०२, गायिका शान्तिश्री परियार नयाँ गीत सहित बजारमा आएकी छन् । उनले ‘न्याय मरेको देशमा’बोलको सामाजिक चेतनामूलक गीत सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक गीतमा समाजका मुख्य ३ घटनालाई उठान गरिएको छ । बलात्कार, एसिड प्रहार र छाउपडी प्रथाबाट सिकार भएका ३ पात्रमाथि केन्द्रित रहेर निर्माण गरिएको गीतको म्युजिक भिडियो निक्कै कारुणिक रहेको छ ।
राजेश पौडेलले लेखेको गीतमा दिनेश मुस्कानले संगीत गरेका छन् । विना श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, दिनेश मुस्कान, पुजन घिमिरे, साक्षी लम्साल, वासु शाही र अनिता पौडेलले अभिनय गरेका छन् ।