आज सुनको मूल्य घट्यो

सहयात्रा टिभी

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले बताएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्