यी चीजको सेवन जाडोमा लाभदायी

सहयात्रा टिभी

काठमाडौं । माघ ०५, जाडो महिनामा मानिसको इम्युनिटी पावर बलियो बनाउन जरुरी हुन्छ। यसो भन्दा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन कुनै खास कोसिश गनुपर्दैन । बरु हामीले खाने केही कुरामा जोड दिन सकेमा इम्युनिटी पावर बलियो बनाउन सकिन्छ। जस्तो चिया थकान कम गर्न र निन्द्रा भगाउन पिइन्छ। तर चियाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ। यस्ता केही अरु पनि चिज छन् जसको प्रयोगले हामीलाई फाइदा मिल्छ। जस्तैः

भिटामिन सी युक्त फलफूल
शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनका लागि हामीले एन्टी अक्साइडयूक्त फलफूल र तरकारी नियीमत सेवन गर्न जरुरी हुन्छ। सुन्तला, किबी, चेरी, अम्बा, लिची, कागती जस्ता कुरा हाम्रो खानामा नियमित प्रयोग गर्न जरुरी हुन्छ। भिटामिन सी शरीरमा सेतो रक्तकोषिकाको वृद्धिमा समेत लाभदायी रहन्छ।

बेसार
बेसार हाम्रो खानामा नियमित प्रयोग हुने मसालामध्ये एक हो। प्राय सबैको भान्छामा बेसार प्रयोग हुन्छ। बेसारको चिया बनाएर सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ। साथै राती सुत्नुअघि बेसार मिसाएको दूध सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ।

दही
रोग प्रतिरोधात्मक क्षमता बढाउन दही पनि निकै असरदार मानिन्छ। दिनहुँ दहिको प्रयोग आवश्यक छ।

चिया
जाडोमा चिया पिउनु निकै लाभदायक छ। तुलसी, मरिच, अदुवा, गुर्जो जस्ता जडिबुटीवाला चिया सेवन गर्नाले रुघाखोकीलाई समेत निको बनाउन सहयोग गर्छ।

प्रकाशित : 18 January, 2021

प्रतिक्रिया दिनुहोस्