सडक किनारमा सुतेका मजदुरमाथि ट्रक चल्दा १५ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ ०६, भारतको गुजरात राज्यको सुरतमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ।

सुरतमा सडक किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि एउटा ट्रक गुड्दा १५ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले बताएको छ ।

तीव्र गतिको ट्रक बाटोको किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि कुदेपछि उक्त घटना भएको हो। ज्यान गुमाउने सबै राजस्थानका कामदार रहेको बताइएको छ।

१२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको भारतीय सञ्चार माध्यले जनाएका छन्। पाँच जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ट्रकका चालक पक्राउ परेका छन्।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्